काठमाडौं–२ को दुवै प्रदेशमा राप्रपाका उम्मेदवार विजयी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं क्षेत्र नं २ को प्रदेशसभाको दुवै क्षेत्रमा विजय हासिल गरेको छ । प्रदेशसभाको दुवै क्षेत्रमा राप्रपाका उम्मेदवार विजयी भएका निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए ।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार काठमाडौँ क्षेत्र नं २ (क) राप्रपाका राजु विष्ट १२ हजार १ सय ६३ मतले विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका सुवर्ण श्रेष्ठले ९ हजार ९० मत प्राप्त गरे ।

यसअघि काठमाडौँ क्षेत्र नं २ (१) मा राप्रपाका सुनिल केसीले विजयको सुरुआती खाता खाेलेका थिए । केसीले पाँच हजार पाँच सय ९८ मत ल्याएका थिए । 





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १३:१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया