प्रदेश १ को विजयी सुरुवात

पहिलो संस्करणको सगरमाथा कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा  आयोजक विजयी सुरुवात गरेको छ ।बुधबार भएको उद्घाटन खेलमा प्रदेश–१ ले विभागीय टोली नेपाल पुलिस क्लबलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । 

मैदान ओसिलो भएका कारण ९ ओभरमा छोट्याईएको खेलमा  ६७ रनको लक्ष्य प्रदेश १ ले ८.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । उसको जितमा अंकित सुवेदीले १४ बलमा २६ तथा कप्तान सिद्धान्त लोहनीले १८ बलमा अविजित २५ रन बनाए । पुलिसका लागि राशिद खान र योगेन्द्र सिंह कार्कीले समान १–१ विकेट लिँदा एक विके रन आउटका रुपमा प्राप्त भयो । 

त्यसअघि विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको  पुलिसले निर्धारित ९ ओभरमा ६ विकेट गुमाएर ६६ रन बनाएको थियो । उसका लागि  लागि दिलिप नाथले १४ तथा रशिद खानले अविजित १४ रन बनाए । कप्तान अमित श्रेष्ठले ११ रन जोड्दा हन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

प्रदेश–१ का लागि फ्रिदोश अन्सारी र सोनु मण्डलले समान २–२ तथा कमल खत्रीले १ विकेट लिँदा १ विकेट रन आउटका रुपमा प्राप्त भयो । यो जितसँगै प्रदेश १ ले २ अंक जोड्दा पुलिसले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । 





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १४:२७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया