मकवानपुर १ मा डिनाकाे अग्रता कायम, कमल थापा २ हजार ७५० मतले पछाडि

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ ले १६ हजार ३८६ मतसहित अग्रता कायम राखेकी छन् । 

एमालेको चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा २ हजार ७५० मतले पछि परेका छन् । सो क्षेत्रमा ४६ हजार ६५६ मत गणना हुँदा एमाले उम्मेदवार कमल थापा भने १३ हजार ६१८ मतसहित डिनालाई पछ्याइरहेका छन् ।

यस्तै, राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले १० हजार ९३२ मत पाएर तेस्राे स्थानमा छन् ।





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १७:४३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया