पर्सा २ बाट कांग्रेसका अजय चौरसिया भारी मतान्तरले निर्वाचित

पर्सा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार अजय चौरसिया भारी मतान्तरले निर्वाचित भएका छन्। उनी जसपाका उम्मेदवार सुरेन्द्र कुर्मीभन्दा ६ हजार ६ बढी मत प्राप्त गरेर विजयी भएका हुन्। 

कांग्रेस केन्द्रीय सदस्य चौरसिया पाँचदलीय गठबनधनका साझा उम्मेदवार हुन् । चौरसियाले २८ हजार ४ सय ५१ मत पाउँदा निकटतम प्रतिस्पर्धी जसपा-एमाले गठबनधनका कुर्मीले भने २२ हजार ४ सय ४५ मत मात्रै पाएका छन्। 

चौरसिया तेस्रो पटक सांसदमा निर्वाचित भएका हुन्। २०५६ र २०६४ को निर्वाचनमा सांसदमा निर्वाचित चौरसिया २०५८ मा सहायक राज्यमन्त्री समेत बनेका थिए।   





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १८:९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया