एमालेका लेखराज भट्टलाई पराजित गर्दै कांग्रेसका वीरबहादुर बलायर निर्वाचित

कैलाली–४ मा नेकपा एमालेका लेखराज भट्टलाई पराजित गर्दै नेपाली कांग्रेसका वीरबहादुर बलायर निर्वाचित भएका छन् ।

बलायरले २६ हजार १७१ मत पाउँदा एमालेका भट्टले २२ हजार ५३३ मत पाएका छन् । उनीहरुको मतान्तर ३ हजार ४३८ छ ।

२०७० सालमा डोटीबाट निर्वाचित भएका बलायर मन्त्री भएर भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

अघिल्लो निर्वाचनमा उनी तात्कालीन नेकपा एमालेका प्रेमबहादुर आलेसँग पराजित भएका थिए ।





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार २१:५३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया