चितवनमा स्वतन्त्र पार्टी र राप्रपाको अग्रता कायमै

जिल्लामा रहेका तीन निर्वाचन क्षेत्रमध्ये दुई निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एक क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अग्रता कायमै रहेको छ । 

निर्वाचन क्षेत्र नम्बर १ र २ मा रास्वपा र क्षेत्र नम्बर ३ मा राप्रपाले अग्रता कायम राखेको हो । निर्वाचन क्षेत्र नम्बर १ बाट रास्वपाका हरि ढकालले आफ्नो अग्रता कायम राखेका हुन् ।

उनले २८ हजार ८३ मत प्राप्त गर्दा एमालेका सुरेन्द्र पाण्डेले २० हजार २ सय ७५ मत प्राप्त गरेका हुन् । गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका विश्वनाथ पौडेलले १९ हजार एक सय ५१ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा १ लाख ३९ हजार आठ सय ४५ मतदाता रहेका छन् । तीमध्ये ६८  दशमलव ७३ प्रतिशत मत खसेको छ ।

क्षेत्र नम्बर २ मा  रास्वपा अध्यक्ष रवि लामिछानेले ४२ हजार २ सय १४ मतका साथ अग्रस्थानमा रहेका छन् । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका उमेश श्रेष्ठले १३ हजार ९ सय २९ मत प्राप्त गर्दा एमालेका कृष्णभक्त पोख्रेलले १३ हजार ३ सय आठ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा  ६७ दशमलव तीन प्रतिशत मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार २ सय १४ मतदाता रहेका छन् । पछिल्लो परिणामअनुसार चितवन–३ मा  राप्रपाका विक्रम पाण्डेले अग्रता कायम राखेका छन् ।

उनले १९ हजार नौ सय ९७ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका डा. भोजराज अधिकारीले ११ हजार २ सय ९५  प्राप्त गरेका छन् र 



रास्वपाकी जीता बरालले ९ हजार तीन सय १७ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले ६ हजार १ सय १७ मत प्राप्त गरेका छन् ।  



  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार ८:७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया