१६ हजार मतगणना बाँकी हुँदै कमल थापाले स्वीकारे हार

मकवानपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट उम्मेदवार कमल थापाले हार स्विकारेका छन् । अझै पनि १६ हजार मत गणना हुन बाँकी रहेको अवस्थामा थापाले हार स्विकार गरेका हुन् ।

हेटौँडा बजार क्षेत्रमा राप्रपाका दिपकबहादुर सिंहले मतभार बढाउँदै लगेपछि थापाले हार स्विकार गरी स्टाटस लेखेका हुन् ।  

पछिल्लो मतगणनाअनुसार अग्रतामा रहेकी कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले २१ हजार ९ सय १० मत प्राप्त गरेकी छन् । उनलाई पछ्याउँदै कमल थापाले २० हजार ६ सय ४८ मत पाएका छन् ।

राप्रपाका सिंहले १९ हजार ७ सय ५६ मत प्राप्त गरेका छन् ।  





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार ९:३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया