यी हुन् प्रतिनिधिसभातर्फ विजयी माओवादीका १२ उम्मेदवार

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो ताजा मतपरिणामअनुसार नेकपा माओवादी केन्द्रले १२ निर्वाचन क्षेत्रमा जित हात पारेको छ ।

निर्वाचनअघि गठबन्धन बनाएर गए पनि माओवादीले अपेक्षाकृत परिणाम भने हात पार्न सकेको छैन । हालसम्मको मत परिणाम हेर्दा प्रत्यक्षतर्फ माओवादी तेस्रो दलको हैसियतमा देखिन्छ ।

देशभर ४० भन्दा बढी क्षेत्रमा उम्मेदवारी दिएको माओवादीले कतिपय स्थानमा हार बेहोरेको छ भने आधा दर्जन निर्वाचन क्षेत्रमा अग्रता लिइरहेको छ । हालसम्म १२ जना उम्मेदवारले भने विजय प्राप्त गरिसकेका छन् ।

जित निकाल्नेमा अध्यक्ष प्रचण्डलगायत छन् । प्रचण्ड गोरखा–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । उपमहासचिव वर्षमान पुन अनन्त रोल्पाबाट निर्वाचित भए ।

अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्माले रुकुम पश्चिमबाट जित हासिल गरे । जाजरकोटबाट शक्ति बस्नेत निर्वाचित भएका छन् । रामकुमार राईले खोटाङबाट विजय हासिल गरे ।

अमनलाल मोदी मोरङ–४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । सिन्धुपाल्चोक–१ बाट माधव सापकोटा, भोजपुरबाट सुदन किराँती, सिन्धुली–२ बाट लेखनाथ दाहालले जित हात पारे ।



यस्तै, एमालेका महासचिव शंकर पोखरेललाई हराउँदै दाङ–२ बाट रेखा शर्मा विजयी भएकी छन् । शिक्षामन्त्रीसमेत रहेका देवेन्द्र पौडेलले बाग्लुङ–२ बाट जित निकालेका छन् ।

पूर्णबहादुर घर्ती मगर रुकुम पूर्वबाट निर्वाचित भएका छन् । 



  • प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार १२:३२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया