शिखर बैठकअघि दक्षिण कोरियाका राष्ट्रपति मुनले ट्रम्पलाई भेट्ने

एजेन्सी – दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनले अमेरिका र उत्तर कोरियाको शिखर बैठकअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्ने भएका छन् ।  

दोस्रो शिखर बैठकका बारेमा मुनले ट्रम्पसँग छलफल गर्न लागेकाे दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लु हाउसले जानकारी दिएकाे छ । 

ब्लु हाउसका प्रवक्ता किम एउइ केउमले मुन र ट्रम्पको भेटवार्ताका लागि तयारी सुरु भइसकेको बताए । प्रवक्ता केउमले उत्तर कोरियाको विषयमा राष्ट्रपति मुन र ट्रम्पका बीचमा टेलिफोन वार्ता भएको जानकारी पनि दिए । 

उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीच यही फेब्रुअरी २७ र २८ तारिखका दिन भियतनामको हनोइमा दोस्रो शिखर बैठक गर्ने सहमति भएको छ । 

उत्तर कोरियाका लागि अमेरिकाका विशेष प्रतिनिधि स्टेफन बाइगनले गत हप्ता उत्तर कोरियाको भ्रमण गरेर शिखर बैठकको मितिमा सहमति जुटाएका थिए ।  

उनीहरुबीच बहुचर्चित र अनपेक्षित मानिएको पहिलो शिखर बैठक गत वर्षको जुन महिनामा सिङ्गापुरमा भएको थियो । 

लामो समयदेखि एकअर्कालाई कठोर शत्रुका रुपमा हेर्दै आएका उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीचको सम्बन्धमा गत वर्षबाट सुधार आएको छ ।





  • प्रकाशित मिति : माघ २८, २०७५ साेमबार ८:४५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया