विश्वकप फुटबल : लगातार दोस्रो पराजयसँगै बाहिरियो कतार

आयोजक कतार फिफा विश्वकपबाट बाहिरिएको छ । ऊ आज सम्पन्न समूह ‘ए’अन्तर्गतको खेलमा सेनेगलसँग ३–१ ले पराजित हुँदै बाहिरिएको हो । 

यो कतारको लगतार दोस्रो पराजय हो । यसअघि उसले इक्वेडरसँग २–० को हार बेहोरेको थियो । अल थुमामा स्टेडियममा सेनेगललाई जित दिलाउन बोलायी डिया, फामरा डिधिओउ र बाम्बा डिएङले एकएक गोल गर्दा कतारका लागि मोहम्मद मुन्तारीले एक गोल फर्काए ।

खेलको ४१औँ मिनेटमा डियाको गोलमार्फत सेनेगलले अग्रता लिएको थियो । ४८औँ मिनेटमा डिधिओउले टोलीको अग्रता दोब्बर बनाए । ७८औँ मिनेटमा मुन्तारीले खेललाई २–१ को अवस्थामा ल्याए । योसँगै उनी विश्वकपमा कतारका लिग गोल गर्ने पहिलो खेलाडी बनेका छन् । 

८४औँ मिनेटमा डिएङले गोल गरेपछि सेनेगल ३–१ ले विजयी बन्यो । जारी विश्वकपमा यो उसको पहिलो जित हो । यसअघि सेनेगल नेदरल्याण्ड्सँग २–० ले पराजित भएको थियो ।

यो जितसँगै सेनेगलले दुई खेलमा तीन अंक जोड्दा पराजित कतार अंकविहीन छ ।





  • प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार २१:१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया