विश्वकप फुटबल: आज पनि चार खेल, जित्नै पर्ने दबाबमा अर्जेन्टीना

कतारमा जारी फिफा विश्वकपमा आज चार खेल हुँदै छन् । आज समूह ‘सी’र ‘डी’का समान दुई खेल हुन लागेका हुन् । आज सययअनुसार दिउँसो ३:४५ बजे सुरु हुने पहिलाे खेलमा समूह ‘डी’का अस्ट्रेलिया र ट्युनिसिया प्रतिस्पर्धा गर्नेछन्  ।

अल जनुब स्टेडियममा एक अर्काकाे सामना गर्दा दुवै टाेली पहिलाे जितकाे खेजिमा हुनेछन् । यसअघि अस्ट्रेलिया फ्रान्ससँग ४-१ ले पराजित हुँदा ट्युनिसियाले डेनमार्कसँग गाेलरहित बराबरी खेलेकाे थियाे ।

साँझ ६ः४५ मा समूह ‘सी’का साउदी अरेबिया र पाेल्याण्ड भिड्ने छन् ।  एजुकेशन सिटी स्टेडियममा पाेल्याण्डलाई हराउँदै साउदी लगातार दोस्रो जित निकाल्न चाहन्छ । उसले पहिलाे खेलमा अर्जेन्टिनालाई २-१ ले हराएकाे थियाे ।

अघिल्लाे खेलमा मेक्सिकासँग गाेलरहित बराबरी खेलकाे पाेल्याण्ड पहिलाे जितकाे खाेजिमा छ । राति ९:४५ बाट सुरू हुने खेलमा समूह ‘डी’ का फ्रान्स र डेनमार्क भिड्नेछन्  ।

 स्टेडियम ९७४ मा एक अर्काविरुद्ध  खेल्दा फ्रान्स लगातार दोस्रो तथा डेनमार्क पहिलाे जित दर्ता गर्ने लक्ष्यमा छन्। पहिलाे खेलमा फ्रान्सले अस्ट्रेलियालाई ४-१ ले हराउँदा डेनमार्कले ट्युनिसियासँग गाेलरहित बराबरी खेलेकाे थियाे ।

समूह`सी´अन्तर्गत राति १२:४५ मा हुने खेलमा अर्जेन्टिनाले मेक्सिकाेकाे सामना  गर्नेछ । पहिलाे खेलमा साउदी अरेबियासँग २-१ ले पराजित अर्जेन्टिनालाई अघिल्लाे चरणकाे सम्भावना जिवितै राख्न आज जित्नै पर्ने दबाब छ ।



यसअघि पाेल्याण्डसँग गाेलरहित बराबरी खेलेकाे मेक्सिकाे पनि अर्जेन्टिलाई हराउँदै पहिलाे जित हात पार्ने लक्ष्यमा छ । यी दुईबीचकाे खेल लुसेल स्टेडियममा हुनेछ । 



  • प्रकाशित मिति : मंसिर १०, २०७९ शनिबार ७:५६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया