समानुपातिकमा अन्य दललाई आएको मत एकीकृत समाजवादीकोमा जोडिएको ओलीको आशंका

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकमा अन्य दललाई आएको मत एकीकृत समाजवादीकोमा जोडिएको आशंका गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो आशंका गरेका हुन् । 

एकीकृत समाजवादी पार्टीतर्फ इंगित गर्दै  ओलीले लेखेका छन्, ‘समानुपातिक मतगणना भइरहेको छ। सुरु देखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ। एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गलत कार्य पनि हुनसक्छ।’  

जिल्ला–जिल्लामा मतगणनामा रहेका आफ्ना प्रतिनिधिलाई चनाखो रहन आग्रह गर्दै उनले लेखेका छन्, ‘मतगणनामा प्रतिनिधि रहनुभएका साथीहरूलाई म त्यहाँको मत परिणामको मुचुल्काको प्रति मेरो फेसबुकको म्यासेज बक्समा पठाउनुहुन अनुरोध गर्दछु।





  • प्रकाशित मिति : मंसिर १०, २०७९ शनिबार १९:१३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया