विश्वकप फुटबल: काेस्टारिकाकाे पहिलाे जित

कतारमा जारी फिफा विश्वकपमा केस्टारिकाले पहिलाे जित हात पारेकाे छ । उसले आज सम्पन्न खेलमा जापानलाई १-० ले हराउँदै पहिलाे जित हात पारेकाे हाे ।

अहमद बिन अली (अल रायन) स्टेडियममा खेलकाे ८१ औं मिनेटमा  किशर फुलरले गरेकाे एक मात्र गाेल काेस्टारिकालाई जित दिलाउन पर्याप्त बन्याे ।

उनले येल्त्सिन तेजेडाकाे पासलाई सदुपयोग गरेका थिए ।

याे जितसँगै काेस्टिकाले दुई खेलमा तीन अंक जाेड्दा पराजित जापानकाे पनि समान खेलबाट तीन अंक नै छ।

पहिलाे खेलमा काेस्टारिकाले स्पेनसँग ७-० काे पराजय बेहाेर्दा जापानले जर्मनीलाई २-१ ले हराएकाे थियाे ।





  • प्रकाशित मिति : मंसिर ११, २०७९ आइतबार १७:४९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया