विश्वकप फुटबलमा जर्मनी र स्पेनको रोमाञ्चक बराबरी

जर्मनी फिफा कतारमा जारी फिफा विश्वकप २०२२ मा लगातार दोस्रो हारबाट जोगिएको छ । गएराति अल बायत मैदानमा १–० हार नजिक रहेको जर्मनीलाई निकलास फुलक्रुगले ८३ औं मिनेटमा गाेल गरेपछि हारबाट जोगाएका हुन् । 

बरारबरीसँगै समूह ‘इ’ बाट जर्मनीले अन्तिम १६ को सम्भावना कायम राखेको छ । यस समूहमा जर्मनीको दुई खेलबाट सर्वाधिक ४ अंक छ । जापान र कोस्टारिकाको तीन अंक रहँदा जर्मनीले एक अंक जोडेको हो । 

समूहमा चारै टोलीको प्रिक्वाटरफाइनल सम्भावना कायम छ । यसअघि पहिलो हाफमा कुनै गोल हुन सकेन । खेलको ६२ औं मिनेटमा वैकल्पिक खेलाडी अल्भारो मोरटाले स्पेनलाई अग्रता दिलाएका थिए । 

अब अन्तिम खेलमा स्पेन र जापान तथा जर्मनी र कोस्टारिका खेल्नेछन् ।   





  • प्रकाशित मिति : मंसिर १२, २०७९ साेमबार ६:३९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया