धनगढी प्रिमियर लिग
डिपिएलमा काठमाडौंको विजयी सुरुवात

काठमाडौं– धनगढी प्रिमियर लिग (डिपीएल)को तेस्रो संस्करणअन्तर्गत सोमबार भएको उद्घाटन खेलमा काठमाडौं गोल्डेन्सले विजयी सुरुवात गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा घरेलु टोली धनगढी स्टार्सलाई ४ विकेटले पराजित गर्दै काठमाडौंले विजयी सुरुवात गरेको हो । शनिबारबाट सुरु हुने भनिएको खेल वर्षाका कारण दुई दिन ढिला सुरु भएको थियो ।

टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३२ रनको मध्यम स्कोर तयार पारेको थियो । १ सय ३३ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको काठमाडौंले एक बल बाँकि हुँदा ६ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । 

काठमाडौंलाई जिताउने क्रममा अंकिद दबासले सर्वाधिक २९, गौरव तोमारले २८ तथा अनिल साहले २४ रन जोडे । यस्तै, कप्तान ज्ञानेन्द्र मल्ल ३, सोनु तामाङ र योगेन्द्रसिंह कार्कीले समान २ रन बनाए । महबुब आलम १२ र विक्रम भुसाल १४ रनमा नटआउट रहे । 

काठमाडौंको ६ विकेट झार्ने क्रममा रोहन मुस्तफा एक्लैले ४ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २७ रन खर्चे । यस्तै, अमिर हायात तथा विपिन खत्रीले समान १ विकेट लिए । 

यसअघि, धनगढीका लागि अमित श्रेष्ठले अर्धशतक बनाए पनि त्यो जितको लागि पर्याप्त भने भएन । ५० बलको सामना गरेका श्रेष्ठले ४ चौका तथा २ छक्कासहित ५० रन जोडेका थिए । यस्तै, सन्दीप रजाइलीले २८ तथा पवन सर्राफले १९ रन बनाउँदा सौरभ खनाल २५ रनमा नटआउट रहे । 

काठमाडौंका नन्दन यादवले धनगढीको दुई विकेट लिए भने ललित राजवंशी र अंकिद दबासले समान १ विकेट लिए । आजै भएको अर्काे खेलमा अहिले रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेड आपसमा भिडिरहेका छन् । 





  • प्रकाशित मिति : माघ २८, २०७५ साेमबार १४:३३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया