धनुषा–४ मा फेरि कांग्रेसका यादवको अग्रता, पछ्याउँदै एमालेका महासेठ

धनुषा–४ मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता लिएका छन् । आइतबार साँझबाट पछि परेका उनले पछिल्लो अपडेटअनुसार भने अग्रता लिएका हुन् ।

यादव अहिले नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठभन्दा साढे ५ सय मतले अगाडि छन् । अहिलेसम्म यादवले २६ हजार ५१० र महासेठले २५ हजार ९६३ मत प्राप्त गरेका छन् । यी दुईबीचको मतान्तर ५४७ रहेको छ । 

धनुषा–४ मा अझै ७ वटा वडाको झन्डै १२ हजार मत गणना गर्न बाँकी छ । 





  • प्रकाशित मिति : मंसिर १२, २०७९ साेमबार ७:२४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया