दोलखामा रद्द भएका ठाउँमा मंसिर १५ गते निर्वाचन हुने, थालियो तयारी
फाइल तस्बिर

दोलखामा निर्वाचन हुन नसकेका विभिन्न १० वटा केन्द्रमा यही मंसिर १५ गते पुनः निर्वाचन हुने भएको छ । आज बसेको जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठकले १५ गते निर्वाचन गराउने निर्णय गरेको हो ।

निर्वाचनमा धाँधली भएको भन्दै त्यहाँ मंसिर ४ को चुनाव रद्द भएको थियो । पुनः निर्वाचन गर्ने सहमति भएसँगै दोलखाका चुनाव हुन बाँकी केन्द्रमा निर्वाचनको तयारी थालिएको छ । 

जिल्लाको वैत्यश्वर ३ को कालिढुङ्गा (क, ख, ग), वैत्यश्वर २ को जनज्योति (क, ख), वैत्यश्वरको वडा नं. ६ (क, ख, ग),  र तामाकोसीको जामुने हेल्थपोस्ट (क, ख) केन्द्रमा पुनः निर्वाचन हुन लागेको हो ।





  • प्रकाशित मिति : मंसिर १२, २०७९ साेमबार १०:४५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया