समानुपातिक अपडेट : घण्टीलाई उछिन्दै तेस्रोमा उक्लियो माओवादी, अन्य दलले कति पाए मत?

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रत्यक्षतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ । समानुपातिकको मतगणना कार्य पनि अन्तिम चरणमा पुगेको छ । 

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ कांग्रेस पहिलो दल बनेको छ । त्यस्तै, नेकपा एमाले दोस्रो दलमा झरेको छ ।

समानुपातिकतर्फ भने एमाले पहिलो दल नै बन्ने देखिन्छ । समानुपातिकतर्फ यसपटक पनि कांग्रेस दोस्रो पार्टी बन्नेछ । सोमबार मध्यान्हसम्म ९३ लाख २१ हजार ५५३ मतगणना भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

पछिल्लो अपडेटअनुसार एमालेले २५ लाख३८ हजार ३४१, कांग्रेसले २४ लाख २ हजार ९८८ मत ल्याएको छ । त्यस्तै, नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ । 

ऊ राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिन्दै तेस्रो स्थानमा उक्लिएको हो । माओवादीले समानुपातिकतर्फ अहिलेसम्म १० लाख ६६ हजार ६४१ मत पाएको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६४ हजार २५२ मत ल्याएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ४५ हजार ९३३, जनता समाजवादी पार्टी, नेपाल ३ लाख २७ हजार ९१०, जनमत पार्टी २ लाख६४  हजार ४२, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २ लाख ५२ हजार ६९८ मत ल्याएका छन् ।



त्यस्तै, नागरिक उन्मुक्ति पार्टी २ लाख ३७ हजार ९६५ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख २७ हजार ९५२ मत प्राप्त गरेका छन् । 

समानुपातिकतर्फ २ लाख मत कटाउने सात दल, हेर्नुस् सूची :



  • प्रकाशित मिति : मंसिर १२, २०७९ साेमबार १३:२२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया