बागमती प्रदेशमा कांग्रेस पहिलो, एमाले तेस्रो पार्टी
फाइल तस्बिर

निर्वाचन आयोगले हालसम्म सार्वजनिक भएको मत परिणामअनुसार बागमती प्रदेशमा कांग्रेस २४ सिटसहित पहिलो पार्टी भएको छ । सो प्रदेशमा माओवादी १४ सिटसहित दोस्रो स्थानमा छ भने प्रदेश १ र मधेस प्रदेशमा पहिलो रहेको नेकपा एमाले बाग्मतीमा पनि १२ सिटसहित तेस्रो स्थानमा रहेको छ ।

सो प्रदेशमा सात वटा पार्टी प्रदेशसभामा आउन सफल भएका छन् । राजेन्द्रकुमार लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी सात सिटसहित चौथो नम्बरमा रहँदा नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीले १–१ सिटमा विजय हासिल गरेका छन् ।
 





  • प्रकाशित मिति : मंसिर १२, २०७९ साेमबार १४:३७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया