समानुपातिकमा सिके राउतको पार्टीभन्दा पछि पर्‍यो एकीकृत समाजवादी

प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणनामा नेकपा एकीकृत समाजवादी पार्टी सिके राउत नेतृत्वको जनमत पार्टीभन्दा पछाडि परेको छ ।

हालसम्म ९४ लाख ९६ हजार ७१४ मतगणना हुँदा एकीकृत समाजवादीले २ लाख ६२ हजार ८८४ मत पाएको छ । पहिलोपटक निर्वाचन लडेको  जनमत पार्टीले भने २ लाख ८८ हजार २१६ मत प्राप्त गरिसकेको छ ।

राष्ट्रिय पार्टी बन्न समानुपातिकमा कूल सदर मतको ३५ मत पाउनुपर्छ । तर, अहिलेसम्म एकीकृत समाजवादीले यो अनुपातमा मत प्राप्त गरिसकेको छैन । 





  • प्रकाशित मिति : मंसिर १३, २०७९ मंगलबार ७:२३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया