लुम्बिनी प्रदेशकाे स्थायी राजधानी दाङ सार्ने तयारी भएपछि विरोधमा उत्रिए कर्मचारी

लुम्बिनी प्रदेशकाे राजधानी दाङ सार्ने तयारी भएपछि प्रदेशमा कार्यरत कर्मचारीहरु विराेधमा उत्रिएका छन् । प्रदेशका मन्त्रालयहरु पूर्वाधारविहीन स्थायी राजधानी दाङको देउखुरीमा सार्ने तयारी भएपछि कर्मचारी विरोध उत्रिएका हुन् । 

बुधबार असन्तुष्ट कर्मचारीका विभिन्न संगठनको नेतृत्वमा प्रदेश प्रमुख सचिवमार्फत सरकारलाई ज्ञापन पत्र बुझाइएको छ । नयाँ सरकार बन्ने निश्चित नहुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्थ तथा सरकारी मन्त्रालय सार्ने तयारी भएपछि कर्मचारीले विरोध गरेका हुन् ।

नेपाल निजामती कर्मचारी संगठन, नेपाल कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी संगठन तथा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।

पूर्वाधारविनै राजधानी बुटवलबाट दाङ लैजाँदा खुला आकाशमुनि बसेर काम गर्नुपर्ने भन्दै कर्मचारीले पूर्वाधार तयार भएपछि हार्दिकताका साथ सरकारलाई सहयोग गर्ने बताएका छन् ।

प्रदेशसभाले २०७७ असोज २० गते प्रदेश सरकारको स्थायी राजधानी देउखुरीमा रहने निर्णय गरेको थियो । 

भर्खरै सम्पन्न निर्वाचनका बेला रुपन्देहीबाट उम्मेदवार रहेका एम्ाले उपाध्यक्ष विष्णु पाैडेल र गृहमन्त्री बालकृष्ण खाँणले स्थायी राजधानी पुनः बुटवलै फर्काउने प्रतिबद्धता जनाएका थिए । पाैडेल सांसदमा निर्वाचित भएका छन् भने खाँण पराजित भए ।





  • प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार १६:५६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया