भर्खरै सम्पन्न निर्वाचनको समानुपातिकतर्फको मतगणना जारी छ । बुधबार साँझसम्मको तथ्यांकअनुसार प्रतिनिधिसभामा नेकपा एमालेको अग्रता कायम छ ।
प्रदेशसभाको समानुपातिकतर्फ १ नम्बर प्रदेशमा एमालेले ६ लाख २९ हजार ८८५, कांग्रेसले ५ लाख २९ हजार ८९६, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ९० हजार ६०४, माओवादी केन्द्रले १ लाख ७७ हजार २६१ मत प्राप्त गरेका छन् ।
मधेशमा कांग्रेसले ३ लाख ८६ हजार २९३, एमालेले ३ लाख ४३ हजार ७२८, जनमत पार्टीले ३ लाख ७ हजार ३५०, जसपा नेपालले २ लाख ८७ हजार ८४६, माओवादी केन्द्रले १ लाख ७८ हजार ९३६, एकीकृत समाजवादीले १ लाख १२ हजार २६४ र लोसपा नेपालले १ लाख १० हजार ८५२ मत प्राप्त गरेका छन् ।
बागमतीमा एमालेले ५ लाख ५४ हजार १००, कांग्रेसले ४ लाख ६३ हजार १३८, माओवादी केन्द्रले २ लाख ६९ हजार २१५ र राप्रपाले २ लाख ६६ हजार ५२४ प्रप्त गरेका छन् ।
गण्डकी प्रदेशमा एमालेले ३ लाख ४० हजार ५३३, कांग्रेसले ३ लाख १७ हजार ५९६ र माओवादी केन्द्रले १ लाख १५ हजार ३६६ मत प्राप्त गरेका छन् ।
लुम्बिनीमा एमालेले ५ लाख ७० हजार ९२१, कांग्रेसले ४ लाख ९९ हजार ९८६, माओवादीले १ लाख ९८ हजार ४५०, राप्रपाले १ लाख २७ हजार ४५२ र नागरिक उन्मुक्ति पार्टीले १ लाख २५ हजार ५२१ मत पाएका छन् ।
कर्णालीमा एमालेले १ लाख ८३ हजार ९५०, कांग्रेसले १ लाख ७० हजार ७५६ र माओवादीले १ लाख ३७ हजार ६२९ मत पाएका छन् ।
सुदूरपश्चिममा एमालेले २ लाख ४८ हजार ८४०, कांग्रेसले २ लाख ४३ हजार २९ र माओवादी केन्द्रले १ लाख १८ हजार ९०३ मत प्राप्त गरेका छन् ।
समग्रमा हेर्दा सात प्रदेशमध्ये ६ वटामा एमालेको अग्रता छ भने एउटा प्रदेशमा मात्रै कांग्रेसको अग्रता छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशमा समानुपातिकमा एमाले पहिलो दल बनेको छ भने मधेश प्रदेशमा कांग्रेस पहिलो भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।