उद्योग परिसंघले भन्यो : अर्थतन्त्रका समस्या मौद्रिक नीतिबाट समाधान गर्न राष्ट्र बैंक चुक्यो

वित्तीय क्षेत्रमा देखिएका समस्या समाधानका लागि ठोस पहल गर्न नेपाल राष्ट्र बैंक चुकेको प्रतिक्रिया उद्योगी व्यवसायीको छाता संस्था नेपाल उद्योग परिसंघले दिएको छ ।  

चालू आर्थिक वर्ष २०७९–०८० को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्दा राष्ट्र बैंकले उद्योगी व्यवसायीका समस्यालाई उपेक्षा गरेको आरोप पनि उसले लगाएको छ ।

परिसंघले आज प्रेस विज्ञप्ति जारी गर्दै अर्थतन्त्रको अहिलेको मुख्य समस्या बढ्दो ब्याजदर, तरलता व्यवस्थापन तथा समग्र मागमा आएको कमी रहेको उल्लेख गरेको छ । अहिले वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव भई तरलताको चाप बढिरहेको, ब्याजदरमा उच्च वृद्धि भइरहेको तथा समग्र मागमा उच्च कमी आएको परिसंघको भनाइ छ ।

‘भुक्तानी प्रणालीमा कुनै व्यवधान आउन नदिने, परिलक्षित कर्जा प्रवाहलाई सहयोग पुर्याउने र तत्काल ब्याजदर थप बढ्न नदिने गरी तरलता व्यवस्थापन गरिनेछ भन्ने उल्लेख भए तापनि यसको ठोस कदमको अभावमा उद्योगी व्यवसायीको समस्या समाधान गर्न मौद्रिक नीतिको समीक्षा चुकेको छ,’ परिसंघको विज्ञप्तिमा भनिएको छ ।

नेपाल राष्ट्र बैंकले गत आइतबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै वाणिज्य बैंकहरूको औसत ब्याजदर अन्तर चार दशमलव चार प्रतिशतबाट घटाएर चार प्रतिशत तथा विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर पाँच प्रतिशतबाट चार दशमलव छ प्रतिशत कायम गरेको थियो ।

अहिले वित्तीय क्षेत्रमा एकपछि अर्को समस्या थपिँदै गएर निजी क्षेत्रमा चर्को निराशा छाएको पनि परिसंघको भनाइ छ ।





  • प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार २२:१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया