डोटीमा हृदयघातका कारण वडाध्यक्षको निधन

डोटीको पूर्वीचौकी गाउँपालिका–६ का वडाध्यक्ष पुष्पराज जोशीको निधन भएको छ । उनको बुधबार राति निधन भएको हो ।

बुधबार गाउँपालिकाको बैठक सकेर आफ्नो घर जाने क्रममा जोशी बाटोमा एक्कासि बेहोस भएर ढलेका थिए । जिल्ला अस्पताल डोटीका डा. सोहन शाहका अनुसार अध्यक्ष जोशीलाई अस्पताल पुर्‍याउँदासम्म मृत्यु भइसकेको थियो । 

उनको हृदयघातका कारण मृत्यु भएको डा. शाहले बताए । गएको वैशाख ३० को भएको स्थानीय तह निर्वाचनमा ६५ वर्षीय जोशी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । 





  • प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार ६:१४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया