अफगानिस्तानमा मदरसामा विस्फोटफ, १६ जनाको मृत्यु

अफगानिस्तानको उत्तरी सहर अयबाकमा रहेको एउटा मदरसामा भएको विस्फोटमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । त्यस्तै, घटनामा २४ जना घाइते भएका छन् । 

गत वर्ष अगस्टमा तालिबान सत्तामा फर्किएपछि सर्वसाधारणलाई लक्षित गरी दर्जनौं विस्फोट र आक्रमणहरू भएका छन् । अधिकांश आक्रमणको जिम्मा इस्लामिक स्टेट (आईएस) समूहले लिएको छ ।

राजधानी काबुलबाट करिब २०० किलोमिटर (१३० माइल) उत्तरमा रहेको अयबाकका एक डाक्टरले मारिनेमा अधिकांश युवा रहेको बताए । ‘उनीहरू सबै बालबालिका र साधारण मानिस हुन्’ ती चिकित्सकको भनाई उद्धृत गर्दै  एएफपीले जनाएको छ ।

एक प्रान्तीय अधिकारीले इस्लामिक धार्मिक विद्यालय अल जिहाद मदरसामा विष्फोट भएको पुष्टि गरे ।  बारम्बार हताहतको तथ्यांक घटाउने तालिबानले १० विद्यार्थीको मृत्यु भएको र गयौँ घाइते भएको जनाएको छ ।  





  • प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार ८:१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया