यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले बिहीबार विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरिद मूल्य १२९ रुपैयाँ ९८ पैसा र बिक्री मूल्य १३० रुपैयाँ ५८ पैसा रहेको छ ।

 युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४४ पैसा छ । अष्ट्रेलियन डलरको खरिदर  ८७ रुपैयाँ ४२ पैसा  र बिक्रीमा ८७ रुपैयाँ ८३ पैसा कायम रहेको राष्ट्र बैंकले  जनाएको छ । 

 क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५० पैसा, सिंगापुर डलरको खरिददर ९५ रुपैयाँ ६ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५० पैसा रहेको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ३७ पैसा र बिक्रीमा ९ रुपैयाँ ४१ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १८ रुपैयाँ ४० पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ५७ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७४ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ २३ पैसा र बिक्रीदर २९ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ  





  • प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार १०:५८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया