बाजुरापछि दोलखा (ख) मा पनि रोकियो मतगणना
फाइल तस्बिर

बाजुरापछि दोलखामा पनि मतगणना रोकिएको छ । बाजुरामा मुचुल्काभन्दा बढी मत खसेको देखिएपछि प्रतिनिधिसभाको मतगणना रोकिएको थियो ।

बाजुराको हिमाली गाउँपालिका–६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्काभन्दा बढी मत आएपछि मतगणना रोकिएको हो । प्रतिनिधिसभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेकोभन्दा ४० मत बढी खसेको पाइएको थियो ।

यता, दोलखा (ख) मा खसेको मतमध्ये मतपेटिकामा १४७ मत नभेटिएपछि मतगणना स्थगित भएको छ । अहिले सुरक्षा निकायका प्रमुख र मुख्य निर्वाचन अधिकृतको टोली छलफलमा बसिरहेको छ । उक्त छलफलपछि सर्वदलीय बैठक बोलाउने तयारी भएको छ । यो प्रदेशमा कांग्रेसबाट बर्मा लामा र एमालेका भरत केसी प्रतिस्पर्धामा छन् । 





  • प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार १४:३७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया