बागमती प्रदेशका पूर्वसभामुख पराजित, उपसभामुख विजयी

मंसिर ४ गते गते भएको आम निर्वाचनमा बागमती प्रदेशसभाको पहिलो कार्यकालका सभामुख सानुकुमार श्रेष्ठ काठमाडौं २ (क)बाट पराजित भएका छन्। उनलाई राप्रपाका सुनिल केसीले पराजित गरेका हुन्। केसीले ६ हजार ५९८ मत ल्याउँदा श्रेष्ठले ५ हजार ७९ मत मात्रै प्राप्त गरे। 

उनले चुनावी अभियानमा आफू भावी मुख्यमन्त्री भएको दाबी गर्दै मत मागेका थिए। प्रदेशसभाकी उपसभामुख बनेकी राधिका तामाङ भने पुनः प्रदेश सदस्यमा निर्वाचित भएकी छन्। तामाङ नुवाकोट जिल्ला प्रतिनिधि सभा १ को (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन्।

सत्ता गठबन्धनको समर्थनमा तामाङले नेपाल कम्युनिष्ट (माओवादी केन्द्र) पार्टीबाट उम्मेदवारी दिएकी थिइन्। उनले १६ हजार १६९ मत पाउँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुशीलकुमार खड्काले ११ हजार ३५० मत पाए।





  • प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार १५:५६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया