अपांगता भएका व्यक्तिको जीवन सहज बनाउन पहल गरौँ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले अपांगता भएका व्यक्तिको जीवन सहज तुल्याउने विषयमा सम्बन्धित निकायको ध्यान जान आवश्यक रहेको बताएकी छन् । 

अपांगता भएका व्यक्तिको ३१ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिँदै भण्डारीले शिक्षा, स्वास्थ्य र रोजगारीबाट अझै पनि वञ्चित हुने अवस्था रहेको भन्दै अपांगता भएका व्यक्तिको पहिचान गरी राज्यले प्रदान गर्ने सुविधा र अवसरमा समान पहुँच स्थापित गर्नु राज्यको प्राथमिकता हुनुपर्ने बताएकी छन् ।

शुभकामना सन्देशमा अपांगता भएका व्यक्ति, यस क्षेत्रमा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था, नेपाल सरकार, अभिभावक समूहलगायत सम्बद्ध सबैलाई अपांगता भएका नागरिकको पक्षमा निरन्तर क्रियाशील रहन प्रेरणा र ऊर्जा मिल्ने विश्वाससहित शुभकामना व्यक्त गरेकी छन् ।

‘अपांगतासम्बन्धी व्यक्तिको अवस्थालाई समाजले हेर्ने दृष्टिकोणसमेतमा रूपान्तरण गर्दै सभ्य समाजको निर्माण गर्न यस दिवसले हामी सबैलाई अभिप्रेरित गर्ने मैले विश्वास लिएको छु’, उनको शुभकामना सन्देशमा भनिएको छ ।





  • प्रकाशित मिति : मंसिर १७, २०७९ शनिबार ८:९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया