बालेन शाहलाई घेराबन्दीमा पारियो, उनलाई मेरो साथ छ : हर्क साम्पाङ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अब स्वतन्त्रहरु एक हुने बेला आएको बताएका छन्। 

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई घेराबन्दीमा पारिएको भन्दै उनले उनले आफू मेयर बालेनको पक्षमा रहेकोसमेत स्पष्ट पारेका छन्।

‘कथाले माग्यो अब ! स्वतन्त्रहरु एक बन्ने बेला आएको छ ! स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ ! त्यो निन्दनीय छ,’ उनले सामाजिक सञ्जालमा लखेका छन्, ‘यो बेला अरुले साथ देऊन नदेऊन, तर मेरो साथ रहने छ !’

मेयर शाह र अमेरिकी राजदूतको भेटको विषयलाई लिएर एमाले नेता भीम रावलले सामाजिक सञ्जालमा प्रश्न उठाएका थिए। 

केही दिनअघि काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउन खोजेपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि मेयर शाहको आलोचना गरेका थिए । 





  • प्रकाशित मिति : मंसिर १७, २०७९ शनिबार १५:३४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया