मधेस प्रदेश २१ लाख मतगणनामा कांग्रेस पहिलो, कसले कति पाए ?

प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत समानुपातिकतर्फ मधेस प्रदेशमा अहिलेसम्म कुल २० लाख ८६ हजार २९८ मतगणना गरिएको छ ।

आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार मधेस प्रदेशमा नेपाली कांग्रेसले ४ लाख १४४ मत प्राप्त गर्दा नेकपा एमालेले ३ लाख ५१ हजार ७६८ र जनमत पार्टीले ३ लाख २९ हजार १७७ मत प्राप्त गरेको छ ।

त्यस्तै, जनता समाजवादी पार्टी नेपालले २ लाख ९८ हजार ७७४, नेकपा माओवादी केन्द्रले १ लाख ८० हजार ८६० र नेकपा एकीकृत समाजवादी पार्टीले १ लाख १३ हजार ९१५ मत प्राप्त गरेका छन् ।

आयोगको विवरणअनुसार लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख १३ हजार ३६४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ६५ हजार ५४, नेपाल संघीय समाजवादी पार्टीले ५० हजार १८८, नागरिक उन्मुक्ति पार्टीले ४९ हजार ७०५ र बहुजन एकता पार्टीले २० हजार ३२४ मत प्राप्त गरेका छन् ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मधेस प्रदेशमा कूल ३६ दल निर्वाचन प्रक्रियामा भाग लिएका थिए । त्यसमध्ये सबैभन्दा अन्तिममा रहेको बहुजन समाज पार्टीले ५४८ मत प्राप्त गरेको छ ।

आयोगले अन्य प्रदेशको पनि समानुपातिकतर्फको मतगणना जारी राखेको छ । प्रदेश नम्बर–१ मा १८ लाख ९९ हजार १४४ मतगणना भइसकेको छ ।



वागमती प्रदेशमा १८ लाख ५७ हजार ९६६, गण्डकी प्रदेशमा ९ लाख ७५ हजार ५६६, लुम्बिनी प्रदेशमा १८ लाख ८७ हजार ७८, कर्णाली प्रदेशमा ५ लाख ७७ हजार ८२९ र सुदूरपश्चिम प्रदेशमा ८ लाख ३८ हजार ८९४ मतगणना भइसकेको छ ।



  • प्रकाशित मिति : मंसिर १७, २०७९ शनिबार १८:२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया