पेलेको स्वास्थ्य अवस्था गम्भीर, क्यान्सरको केमोथेरापीमा सुधार भएन

ब्राजिलका महान फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर भएको छ । 

साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचाररत पेलेको क्यान्सरको केमोथेरापीमा सुधार नभएपछि पेलेलाई अस्पतालमा प्यालिएटिभ केयरमा सारिएको छ  ।

अस्पतालले एक बुलेटिनमार्फत पेलेको अवस्था स्थिर रहेको जनाएको छ । ब्राजिलियन आउटलेट फोल्हाले पनि पेलेलाई प्यालिएटिभ केयरमा सारिएको र किमोथेरापीले काम नगरेको जनाएको छ । 

८२ वर्षीय पेले आन्द्राको क्यान्सरबाट पीडित छन् । पेलेलाई मंगलबार अस्पतालमा पुनः भर्ना गरेर उपचार जारी छ ।

ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका पेलेको खेल जीवनमा ब्राजिलले तीनपटक विश्वकप जितेको थियो। 

ब्राजिलले पहिलोपटक १९५८ मा, त्यसपछि १९६२ र १९७० मा विश्वकप जितेको थियो । 





  • प्रकाशित मिति : मंसिर १७, २०७९ शनिबार २०:५५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया