चोटका कारण ब्राजिलका दुई खेलाडीले विश्वकपका बाँकी खेल गुमाउने भएका छन् । शुक्रबार क्यामरुनसँगको खेलमा घाइते भएका गाब्रियल जेसस र एलेक्स टेलेसले बाँकी खेल गुमाउने भएका हुन्।
समूह चरणको अन्तिम खेलमा ब्राजिल क्यानमरुनसँग पराजित भएको छ । दुई खेलाडी गुमाउनाले उसको आगामी यात्रामा अवरोध देखिएको छ ।
शुक्रबारको खेलमा घाइते यी दुई खेलाडीको शनिबार बिहान गरिएको एमआरआई रिपोर्टले उनीहरुले विश्वकपका बाँकी खेल खेल्न नसक्ने देखाएको हो ।
ब्राजिलले सोमबार अन्तिम १६ को खेलमा दक्षिण कोरियाको सामना गर्दै छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।