खोटाङमा ब्रेक फेल हुँदा बस दुर्घटना, चारजना घाइते

खोटाङमा ब्रेक फेल भएर बस दुर्घटना हुँदा चारजना घाइते भएका छन् । दिक्तेल जाँदै गरेको बा ३ ख १८९५ नम्बरको बस साकेला गाउँपालिका–४ मात्तिम बिर्ताको कामिसरामा पल्टिँदा सहचालक सहित चारजना घाइते भएका हुन् ।   

खोटाङ प्रहरीका अनुसार घाइते हुनेमा साकेला गाउँपालिका–३ खिदिमाका दिपेन्द्र तामाङ, कल्पना राई, ऐसेलुखर्क गाउँपालिकाकी इन्दिरा पुरी र शारदा नगरपालिका सल्यानका सहचालक मिलन मगर रहेका छन् ।

घाइतेको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । 





  • प्रकाशित मिति : मंसिर १८, २०७९ आइतबार ९:५३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया