आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिज नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डहोकमा जारी छ ।
सिरिजमा नेपालले स्कटल्याण्डसामु १ सय ३८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। स्कटल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४०.१ ओभरमा १ सय ३७ रनमा अलआउट भयो।
नेपालका लागि गुल्सन झाले सर्वाधिक २९ रनको योगदान दिए। २९ बलमा ३ चौका र १ छक्क हानेका उनी एलबिडब्लु धरापमा पर्दै पवेलियन फर्के।
ओपनर अर्जुन साउद १८ बलमा रनआउट भए। अर्का ओपनर आसिफ शेख ७ रनमा आउट भए। ज्ञानेन्द्र मल्लले २५ रन थपे। रोहित पौडेल १७ रनमा क्याच आउट भए।
स्कटल्यान्डका क्रिस सोलले सर्वाधिक ३ विकेट झारे। मार्क वाट्ले २ विकेट लिए। ब्रेन्डन म्याकमुलेन, शफ्यान शरिफ र माइकल लिस्कको नाममा एक एक विकेट रह्यो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।