नेपाली नागरिकलाई स्वदेशमै रोजगारी सिर्जना गर्न सक्नुपर्छ : मन्त्री कुँवर

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न सक्नुपर्ने बताएका छन् ।

उनले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गरी विदेश पलायन हुने नेपाली जनशक्तिलाई रोक्नुपर्ने बताए । ‘देशले पर्याप्त रोजगारी सिर्जना गर्न सकेको छैन, रोजगारी सिर्जना गरेको ठाउँमा नेपाली श्रमिकको आकर्षण नभएकाले स्वदेशमै नयाँ व्यवसायहरू खोलेर रोजगारीको वातावरण मिलाउनुपर्छ,’ आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री कुँवरले भने । 

उनले नेपालमा रहेका कम्पनीमा काम गर्ने नेपाली मजदुरभन्दा विदेशी बढिरहेको भन्दै नेपाली श्रमिकलाई नेपालमै रोजगारीको व्यवस्था गर्न सरकार पछिल्लो समय लागिपरेको बताए । गत आर्थिक वर्षमा मात्रै ६ लाख ३० जनाले श्रम स्वीकृति लिएर विदेश गएको उनको भनाइ छ ।

उनले लुकेर र भिजिट भिसामा विदेशमा गई काम गर्नेका लागि कुनै समस्या परे राज्यले दिने सेवासुविधा नपाउने उल्लेख गरे । मन्त्री कुँवरले भिजिट भिसामा विदेशमा काम गर्न जाने श्रमिकको नियमन गर्न नसकेको बताए । गत तीन वर्षको तथ्याङ्कअनुसार ४६ लाख नेपाली नागरिकहरू विदेश गएको उनको भनाइ थियो ।​

मन्त्री कुँवरले सामाजिक सुरक्षा कोषको दायरालाई बढाउनसके १० लाखसम्मको रोजगारी स्वदेशमा नै सिर्जना गर्नसक्ने बताए । 





  • प्रकाशित मिति : मंसिर १९, २०७९ साेमबार ६:५९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया