दक्षिण कोरियाविरुद्ध मैदानमा हुनेछन् नेयमार

ब्राजिलियन सुपरस्टार नेयमारका लागि यो विश्वकप त्यति सुखद रहेन । उनले पहिलो खेल खेले पनि त्यसपछि समूह चरणका दुई खेल गुमाउनु पर्यो, चोटका कारण ।

पहिलो खेलमा सर्बियाविरुद्ध खेलेका नेयमारले त्यसपछिका दुई खेल गुमाएका थिए । 

उनका प्रशंसकका लागि खुसीको खबर छ, उनी दक्षिण कोरियाविरुद्धको खेलबाट फेरि मैदानमा फर्किँदै छन् ।

उनलाई ब्राजिलियन प्रशिक्षक टिटेले प्राथमिकतामा राखेका छन् । 

यस्तो छ, ब्राजिलको टिमः 

एलिसन बेकर, एडर मिलिटाओ, मार्किन्होस, टिएगो सिल्भा, ड्यानिलो, क्यासिमिरो, लुकास पाक्वेटा, नेइमार, रिचार्लिसन, राफिन्हा, जुनियर।



यस्तो छ, ब्राजिलविरुद्ध दक्षिण कोरियाको टिमः

​किम स्युङ ग्यु, जिन सु किम, किम योङ ग्वोन, मिन जाई किम, किम मुन ह्वान, ह्वाङ इन बियोम, जुङ वु योङ, जि सुङ ली, सन ह्युङ मिन, चो ग्वी सुङ, ह्वाङ हि चान।



  • प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार ०:२८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया