उषा राई हत्याकाे आरोपमा पक्राउ परेका चार महिला सार्वजनिक

धरानकी एकल महिला उषा राई हत्याकाे आरोपमा ४ जना महिला पक्राउ परेका छन् । प्रहरीले पक्राउ गरेका ४ महिलालाई मंगलबार सार्वजनिक गरेको छ । 

४२ वर्षीया राईलाई कुटपिट गरेर हत्या गरेको आरोपमा प्रहरीले ४ जना महिलालाई पक्राउ गरी सार्वजनिक गरेको हो । कुटपिटपछि उषाको मंसिर १३ गते उपचारकै क्रममा मृत्यु भएकाे थियाे । 

मृतकका भाइ सुन्दर राईले दिएकाे किटानी जाहेरीका आधारमा ४ जना पक्राउ गरिएको र अन्यको खोजी भइरहेको धरानस्थित इलाका प्रहरी कार्यालयले जनाएकाे छ । 

पक्राउ पर्नेमा मुख्य आरोपी धरान–१३की ५५ वर्षीया उर्मिला राई छिन् । उर्मिलाले आफ्नो श्रीमान् गोविन्द राईसँग उषा नजिकिएको भन्दै महिलाको समूह बटुलेर गत कात्तिक ३ गते कुटपिट गरेको आरोप लागेको छ । 

पक्राउ परेका अन्यमा २६ वर्षीया सुमित्रा राई, २९ वर्षीया सुसेली राई र ४० वर्षीया रत्न लिम्बू छन् । 

प्रहरीले उक्त घटना भएको बेला खिचिएको भिडियोमा देखिएका महिलाहरुको पनि खोजी र अनुसन्धान भइरहेको जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार १६:५८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया