स्विजरल्याण्डविरुद्धको खेलमा रोनाल्डो बेन्चमा

क्वार्टरफाइन प्रवेशका लागि अब केही समयपछि हुन लागेको पोर्चुगल र स्विजरल्याण्डबीचको खेलमा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो बेन्चमा हुने भएका छन् ।

पोर्चुगलको यो खेलमा ८ वटा परिवर्तन गरेका छन् । पोर्चुगलका कोच फर्नान्डो सान्टोसले यसअघिको खेलमा रोनाल्डोलाई सब्टिच्युट गरेपछि उनले दिएको प्रतिक्रिया मन नपरेको बताएका छन् ।

यसअघिको खेलमा दक्षिण कोरियासँग हारे पनि पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको थियो । 

आजको खेलमा पोर्चुगलले जितेमा उसको क्वार्टरफाइनल खेल मोरक्कोसँग हुनेछ । 

मोरक्कोले पेनाल्टी सुटआउटमा स्पेनलाई हराउँदै क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।





  • प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार २३:५१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया