बैतडीको दुदिलाखानमा जिप दुर्घटना : चारजना घाइते, दुईको अवस्था गम्भीर

जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको सुर्नया गाउँपालिका–६ दुदिलाखानमा जि दुर्घटना हुँदा चारजना घाइते भएका छन् । 

दुर्घटनामा बझाङ केदारस्युँ गाउँपालिका–५ गौराडीका जिप धनबहादुर गुर्धामी, बझाङकै बुंगल नगरपालिका–९ की नरपति पातली, सोही ठाउँकी काली पातली र नरमा पातली रहेका छन् ।

घाइतेमध्ये नरपति र कालीको अवस्था गम्भीर रहेको बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । घाइते सबैलाई उपचारको लागि डडेल्धुरा अस्पताल पठाइएको छ । 

बझाङबाट डडेल्धुरा जाँदै गरेको से१ज १२२६ नम्बरको जिप आज बिहान ८ बजेतिर सडकबाट करिब १०० मिटर तल खसेको हो । जिप अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।  





  • प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार ९:४९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया