दार्चुलामा भिरबाट लडेर दुईजनाको मृत्यु

दार्चुलामा भिरबाट लडेर दुईजनाको मृत्यु भएको छ । जिल्लाको लेकम गाउँपालिका–३ राडमका ५२ वर्षीय प्रेमसिंह ऐरीको मंगलबार राति बंतडको भिरबाट खसेर मृत्यु भएको हो ।

लाली बजारतर्फ आउदै गर्दा भिरबाट खसेर ऐरी २ सय मिटर तल महाकाली नदीमा खसेका थिए । त्यस्तै, बुधबार बिहान महाकाली नगरपालिका–३ का ३१ वर्षीय बीरसिंह भण्डारीको पनि भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

हुस्कर माध्यमिक विद्यालय काँटैको स्कुल धारदेखि लडेर उनी कल्चौडे खोलामा खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

प्रहरीका अनुसार उनी पसलको डिलमा बसेर घाम तापिरहेका बेला भिरमा खसेको थिए ।  





  • प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार १३:१३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया