‘सञ्चार क्षेत्रमा महिलाको सहभागिता र सुरक्षा’ विषयक वृहत् छलफल तथा अन्तरक्रिया सम्पन्न

‘सञ्चार क्षेत्रमा महिलाको सहभागिता र सुरक्षा’ विषयक वृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  १६ दिने अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको दिवसको अवसर पारेर फ्रि मिडिया नेटवर्कको आयोजना तथा नेपाल पत्रकार महासंघ धनुषाको संयोजनमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । 

कार्यक्रममा सहभागी वक्ताहरुले महिला पत्रकारहरु आफ्नो कार्यस्थलमा आफैं सजग र सचेत रहन आवश्यक भएको बताए । शहीद पत्रकार उमा सिंहको हत्यापछि महिला पत्रकारहरु असुरक्षित महसुस गरे पनि पछिल्लो समय दर्जनौंको संख्यामा महिला पत्रकारहरु सक्रिय रहेको र समाजको राम्रो साथ पाइरहेको सहभागिहरुको जिकिर थियो । 

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले पत्रकारिता क्षेत्रको विकासका लागि जनकपुरधाम उपमहानगरपालिका गम्भिर रहेको बताए । उनले पत्रकारहरुले सामाजिक विकृति विसंगतिको अन्त्य गर्नका लागि क्रियाशील हुन आवश्यक रहेको धारणा राखे । 

उनले पत्रकारिता आफैंमा जोखिमपूर्ण पेशा रहेको बताउँदै समाचारले एक पक्ष प्रभावित हुने भएकाले जहिले पनि जोखिममा रहने बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रिंकु गायत्री मिश्रले महिला पत्रकारहरु कार्यस्थलमा बढी असुरक्षित महसुस गर्ने गरेको ले स्वयं सुरक्षित भएर पत्रकारिता गर्न आवश्यक भएको धारणा राखेकी थिइन ।  
 
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले महिला पत्रकारहरु पहिला भन्दा निकै शसक्त भएर अगाडी बढ्न थालेकोमा खुशी व्यक्त गर्दै क्षमताको विकास गर्न आवश्यक रहेको बताए । 

नेपाल पत्रकार महासंघ धनुषाका कार्यवाहक अध्यक्ष अवधेश  कामतको अध्यक्षतामा भएको सो कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका मधेस प्रदेश कार्यालयका मानव अधिकार अधिकृत रेखा दत्तले पत्रकार आचारसंहिताको पालना गर्दै पत्रकारिता गर्न सुझाव दिइन् । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष नेहा झाले सञ्चार क्षेत्रमा महिलाको सहभागिता र सुरक्षा विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन ।  





  • प्रकाशित मिति : मंसिर २२, २०७९ बिहीबार १५:४६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया