हप्तादेखि महिनाभित्र सबै ग्राउन्डेड जहाज सञ्चालनमा ल्याउने निगमको दाबी

काठमाडौं– नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा रहेका सबै जहाजलाई पूर्ण क्षमतासाथ सञ्चालनमा ल्याउने जनाएको छ । पाइलट अभावले र मर्मतका लागि ग्राउन्डेड भएका जहाजलाई साता दिनदेखि एक महिनाभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको निगमको दाबी छ । 

पछिल्लो समयमा पाइलट अभावले सबै चिनियाँ जहाज ग्राउन्डेड भएका समाचार आएका थिए । निगमका सहायक प्रवक्ता नवराज कोइरालाका अनुसार पाइलट अभाव तथा मर्मतका सिलसिलामा भएका जहाजबाट पनि छिट्टै उडान गर्ने निगमको तयारी छ । 

उनका अनुसार निगमका तीन पाइलटमध्ये दुईजनाले बिरामी बिदामा छन् भने एकजना प्रोफिसियन्सी चेकका लागि बुधबार चीन जाँदै छन् । उनीहरु काममा फर्केपछि आगामी १५ तारिखदेखि वार्इ १२ को उडान सुरु हुनेछ । 

पाइलट अभावले चार वटा वाई १२ जहाज उड्न नसकेको निगमको भनाइ छ । अहिले तीन वटा ट्विनअटर जहाजले मात्र आन्तरिक उडान गरिरहेका छन् । दुई एमए–६० जहाजमध्ये एक मर्मतमा रहेको र अर्को ‘टु यर्ली’ चेकको क्रममा रहेकाले यी जहाजले पनि छिट्टै उडान भर्ने निगमले जनाएको छ । निगमसँग आन्तरिक उडानका लागि दुई एमए ६०, चार वाई–१२, र तीन ट्विनअटर गरी नौ जहाज छन् । –रासस





  • प्रकाशित मिति : माघ २९, २०७५ मंगलबार १७:२३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया