जसपाबाट को–को बन्दै छन् समानुपातिक सांसद?

जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभाका सदस्यका लागि समानुपातिक सांसदको नाम निर्वाचन आयोगलाई बुझाएको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरसियाका अनुसार पार्टीको कार्यकारिणी समितिको बैठकले पाँचजनाको नाम आयोगलाई बुझाएको हो ।

समानुपातिक सांसदमा सिफारिस हुनेमा प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, रेखा यादव, रञ्जु ठाकुर र सहनाज रहमान रहेका छन् । पार्टीले प्रदेशसभा सदस्यका लागि पनि समानुपातिक सांसदको नाम टुङ्ग्याएको छ । 





  • प्रकाशित मिति : मंसिर २५, २०७९ आइतबार ८:१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया