प्रदेश ३ सरकारको एक वर्ष पूरा
मुख्यमन्त्रीको गुनासो– एउटा काममा ऐनले ९ महिना झुलाउँछ, कसरी देखाउने काम ?

हेटौँडा– प्रदेश ३ का मुख्यमन्त्री मुख्यमन्त्री डोरमणि पौडेलले केन्द्र सरकारले काम गर्ने वातावरण सिर्जना नगरेकाले अप्ठेरो परेको बताएका छन् । 

प्रदेश सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा सरकारले गरेको विशेष कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले केन्द्र सरकारले बाटो नबनाइदिँदा काम गर्न असहज भएको गुनासो गरे । अघिल्लो वर्षको माघमै सरकार बने पनि यसवर्षको मंसिरबाट मात्रै काम गर्न पाएको बताएका मुख्यमन्त्री पौडेलले उल्लेख्य काम नहुनुमा सार्वजनिक खरिद ऐनलाई दोष दिए ।

सार्वजानिक खरिद ऐनले विकासको काम गर्न रोकेको भन्दे उनले ऐन परिमार्जन नभएसम्म समृद्धिको सपना केवल सपना मात्र हुने बताए । 

ऐनले एउटा विकासको काम गर्न झन्डै ९ महिना विभिन्न बहानामा अड्काएको उनको दाबी छ ।  ‘काम गर्ने वातावरण बनेको ५ महिना भयो, अब ९ महिना त ऐनको कारण काम रोकिन्छ,’ मुख्यमन्त्री पौडेलले प्रश्न गरे, ‘कसरी देखिन्छ प्रदेशको काम ?’

‘बच्चालाई हिँड् मात्र भनेर हुँदैन, हिँड्नका लागि बाटो चाहिन्छ,’ उनले अगाडि भने, ‘हामीले बाटो आफैँ बनाएका छौँ, झाडी फाँडेर गोरेटोलाई फराकिलो पारेर हिँड्दैछौँ । अहिलेको हिँडाइमा कसैले प्रश्न उठाउने ठाउँ छैन ।’ अहिलेसम्म गरेको काममा आफू सन्तुष्ट रहेको उनको प्रस्टोक्ति छ । 





  • प्रकाशित मिति : माघ २९, २०७५ मंगलबार २०:९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया