यी हुन् प्रतिनिधिसभामा बागमती प्रदेशबाट बनेका २९ समानुपातिक सांसद

प्रतिनिधिसभाको आगामी कार्यकालका लागि बागमती प्रदेशलाई प्रतिनिधित्व गर्दै ५ वटा दलबाट समानुपातिकतर्फ २९ जना सांसद चुनिने भएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको सांसदको सिफारिस सूचीमा बागमती प्रदेशबाट उनीहरूको नाम समेटिएको हो । जसमा कांग्रेसबाट ९, एमालेबाट सात, माओवादी केन्द्रबाट चार, रास्वपाबाट पाँच र राप्रपाबाट चारजना प्रतिनिधिसभा सांसदको लागि सिफारिसमा परेका छन् । 

कांग्रेसले डा. प्रकाशशरण महत,  अम्बिका बस्नेत, प्रतिमा गौतम, रमा कोइरालालाई प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरेको छ । त्यस्तै, सुशीला थिङ, सपना राजभण्डारी, अञ्जनी श्रेष्ठ, दलित महिलातर्फबाट शान्ति विक र सीता मिजारलाई सिफारिस गरेको छ ।

एमालेले देवीप्रसाद भट्टचन, नैनकला थापा मगर, रणकुमारी बलम्पाकी मगर, शान्ति श्रेष्ठ, रघुजी पन्त,  ईश्वरबहादुर रिजाल र रुक्मिनी राना बराइलीलाई सिफारिस गरेको छ ।

त्यस्तै, माओवादीबाट बागमती प्रदेशबाट समानुपातिकतर्फ ४ जनाको नाम सिफारिसमा परेको छ । जसमा मीना तामाङ, ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी, रणेन्द्र बरालीलाई सांसद पदका लागि सिफारिस गरेको छ ।

यस्तै, बागमती प्रदेशबाट राप्रपाको समानुपातिक सूचीबाट सांसद बन्नका लागि, पशुपति शमशेर जबरा, बुद्धिमान तामाङ, बिना लामा र रोशन कार्कीको नाम सिफारिस गरिएको छ । 



रास्वपाको समानुपातिक सूचीबाट  सुमना श्रेष्ठ, डा. चन्दा कार्की, डोलप्रसाद अर्याल,  सन्तोष परियार  र  असिम साह सिफारिसमा परेका छन् ।   



  • प्रकाशित मिति : मंसिर २५, २०७९ आइतबार १४:२०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया