विनोद चौधरीले किने श्रीलंकाको आठौं ठूलो बैंक

उद्योगी, अर्बपति तथा नवनिर्वाचित सांसद विनोद चौधरीले पछिल्लो समय आर्थिक संकटमा गुज्रिरहेको श्रीलंकाको आठौं सबैभन्दा ठूलो बैंकमा लगानी गरेका छन् । उनले त्यहाँको बैंक किनेका हुन् ।

सन् २००१ मा इन्डियन होटल्स कर्पोरेसन लिमिटेडसँग एक संयुक्त उद्यम (जेभी)को माध्यमबाट प्रतिष्ठित ताज समुद्र कोलम्बोमा चौधरीले लगानी गरेका थिए ।

नेपालमा नै रहेको चौधरी समूहको सिजी क्यापिटल पार्टनर्सको माध्यमबाट युनियन बैंक (युबिसी)मा ७०.८४ प्रतिशत सेयर खरिद गरेर चौधरीले आफ्नो लगानीलाई विस्तार गरेका हुन् ।

यसमा लगानी गर्नका लागि चौधरीले सिंगापुरमा रहेको आफ्नो अर्को कम्पनी सिजी कर्पलाई पनि समावेश गरेका छन् । उनले श्रीलंकाली मुद्रा ९.१ बिलियन त्यहाँ लगानी गर्न लागेको बिडब्लूहिन्दी उल्लेख गरेको छ ।

‘यो समय श्रीलंकाका लागि बहुतै कठिन समय हो, आइएमएफको माध्यमबाट विदेशी मुद्रा तथा लगानी जुटाउन अहिले श्रीलंकाले संघर्ष गरिरहेको छ,’ चौधरीले भनेका छन्, ‘यो सबै आर्थिक झट्काबीच हामीले श्रीलंकामा डुबुल्की लगाउने फैसला गरेका छौँ । हामीलाई थाहा छ, यो कठिन हुनेछ तर हामी आफ्नो भरोसासहित श्रीलंकामा लगानी गर्दैछौँ ।’

सन् २०१३ मा फोब्र्सको अर्बपति सूचीमा समावेश भएका विनोद चौधरी नेपाली कांग्रेसका नवनिर्वाचित सांसद हुन् ।





  • प्रकाशित मिति : मंसिर २६, २०७९ साेमबार ९:५१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया