गगन-विश्वप्रकाशले बोलेर मात्र नभइ अध्यादेश फिर्ता गराउन सकुन् : गोकुल बाँस्कोटा

नेकपा (एमाले) का नेता तथा नवनिर्वाचित सांसद गोकुल बाँस्कोटाले सरकारले ल्याउन लागेको अध्यादेश फिर्ता गराउन कांग्रेस नेताहरूले पहल गर्नुपर्ने बताएका छन् । 

उनले कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अब बोलेर मात्र नभइ गरेर देखाउनुपपर्ने बताएका हुन् । 

‘गगन र विश्वप्रकाशले बोले, राम्रो गरे । तर उनीहरूसँग बोल्न बाँकी अझै केही छ कि गरेर देखाउन धेरै बाँकी छ? म आशा गर्छु– उनीहरू गरेर देखाउने हैसियतमा छन् । ताजा जनादेशसँगै संसद् बैठक तयारी चल्दै गर्दा देउवाद्वारा जारी अध्यादेश फिर्ता गराउन र मलको हाहाकार र कालो बजारी बन्द गराउन सकून्, शुभेच्छा,’ बाँस्कोटाले ट्विट गरेका छन् ।   

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले रेशम चौधरीलगायतलाई माफी दिनसक्ने गरी मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याएपछि बाँस्कोटाले यस्तो टिप्पणी गरेका हुन् ।

सरकारले अध्यादेश ल्याएलगत्तै कांग्रेस नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले विरोध जनाएका थिए ।  

 





  • प्रकाशित मिति : मंसिर २७, २०७९ मंगलबार १०:२४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया