मोदीबारे विवादास्पद टिप्पणी गर्ने कांग्रेस नेता पटेरिया पक्राउ

प्रधानमन्त्री नरेन्द्र मोदीबारे विवादास्पद टिप्पणी गरेको आरोपमा मध्य प्रदेश कांग्रेसका नेता राजा पटेरिया पक्राउ परेका छन् । 

सोमबार सार्वजनिक एक भिडियोमा उनले संविधानको रक्षाका लागि प्रधानमन्त्री मोदीलाई ‘मार्न तयारी हुनुहोस्’ भनेर टिप्पणी गरेका थिए । 

एउटा भाइरल भिडियोमा पटेरियाले पार्टी कार्यकर्ताहरूको भेलामा भनेका छन्, ‘मोदीले चुनाव अन्त्य गर्नेछन्, मोदीले धर्म, जात, भाषाको आधारमा विभाजन गर्नेछन्, दलित, आदिवासी र अल्पसंख्यकको जीवन खतरामा छ । संविधान बचाउनु छ मोदीलाई मार्न तयार हुनुहोस् । ’

उनको टिप्पणीपछि मध्य प्रदेश सरकारले पूर्वराज्यमन्त्री पटेरियाविरुद्ध मुद्दा चलाउन प्रहरीलाई आदेश दिएको थियो । पटेरियाविरुद्ध सोमबार दिउँसो पन्नाको पवई थानामा मुद्दा दर्ता गरिएको थियो ।  





  • प्रकाशित मिति : मंसिर २७, २०७९ मंगलबार १०:५०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया