विश्वकप ‘गोल्डेन बुट’ दौडमा शीर्ष स्थानमा उक्लिए मेस्सी

कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलमा गोल्डेन बुट दौडमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी शीर्ष स्थानमा उक्लिएका छन् । गएराति सम्पन्न क्वार्टरफाइनल खेलमा क्रोएसियाविरुद्ध एक गोल गरेसँगै उनी शीर्ष स्थानमा उक्लिएका हुन् ।

जारी विश्वकपमा मेस्सीले ६ म्याच खेल्दा ५ गोल गरेका छन् । उनले साउदी अरेबिया, मेक्सिको, नेदरल्याण्ड्स र क्रोएसियाविरुद्ध एक/एक गोल गरेका छन् । मेस्सीले पोल्याण्डविरुद्ध मात्र गोल गर्न सकेनन् । त्यस्तै, उनले तीन गोलका लागि असिस्ट गरेका छन् ।

शानदार लयमा रहेका मेस्सी चार खेलमा ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् । जारी विश्वकपमा फ्रान्सका स्टार केलिएन एमबाप्पेले पनि ५ गोल नै गरेका छन् । तर, उनी असिस्ट गर्ने मामलामा पछि छन् । एमबाप्पेले ५ खेलमा ५ गोल गर्दा दुई असिस्ट गरेका छन् । 

जारी विश्वकपमा गोल्डेन बुट दौडको तेस्रो स्थानमा फ्रान्सका कप्तान ओलिभर जिरुड र अर्जेन्टिनाका जुलियन अल्भारेज छन् । यी दुवै खेलाडीले चार/चार गोल गरेका छन् । 

विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीलाई गोल्डेन बुट दिने प्रचलन छ । यसपटक यो अवार्डका लागि मेस्सी, एमबाप्पे, जिरुड र अल्भारेज मात्र प्रतिस्पर्धामा छन् । उनीहरूलाई पछ्याइरहेका खेलाडीको टिम विश्वकपबाट बाहिरिसकेका छन् ।  





  • प्रकाशित मिति : मंसिर २८, २०७९ बुधबार १०:३९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया